सलमानले करियर बर्बाद पारेका विवेक कसरी बने अरबौँका मालिक ?

बलिउडका भाइजान सलमान खान र विवाद सधैं एक अर्काको साथमा रहन्छन्। ती विवादहरू कहिले सलमानका प्रेमिकाहरूका लागि भैदिन्छन् त कहिले कसैसँग झ’गडाको निहुँमा हुने गर्दछन्।

प्रायः सलमानका झ’गडाहरू सुन्नमा आइरहन्छन्। सलमानका सबैभन्दा चर्चित झ’गडा अभिनेता विवेक ओब्रोयसँगको हो। नायिका ऐश्वर्या रायका कारण भएको सलमान र विवेकको झ’गडाले विवेकको फिल्मी करियर नै ध्व’स्त पारिदियो।

ऐश्वर्या राय सलमान खानसँग टाढिएर विवेकसँग नजिकिएको सलमानलाई पटक्कै मन परेको थिएन। उनले पटकपटक विवेकलाई ऐश्वर्यासँग टाढिन ध’म्की पनि दिएका थिए। तर ऐश्वर्या र वि’वेक झन् नजिक भए। यो देखेर सलमानले विवेकलाई मा’र्ने ध’म्कीसम्म दिएका थिए ।

त्यसैबेला विवेकले प्रेस कन्फ्रेन्स राखेर सलमानले आफूमाथि गरेको व्य’वहार सबैलाई बताए। त्यो बेला वि’वेक सफलताको शिखरमा थिए। र यही प्रेस कन्फ्रेन्स विवेकको जिन्दगीको कालो दिन बन्यो। सलमानका वि’रुद्ध आवाज उठाएकाले सलमानले विवेकको हातमा कुनै फिल्म, अ’वार्ड पर्न दिएनन्। विवेकले सार्वजनिक रूपमै मा’फी माग्दा पनि सलमानले कुनै वास्ता गरेनन् र बिस्तारै विवेकको फिल्मी करियर नै सकियो।

फिल्मी करियर सकिए पनि विवेक अहिले अर्बौंका मालिक छन्। विवेकको आफ्नै प्रोडक्सन हाउस ओब्रोय मेघा इन्टरटेन्मेन्ट छ। विवेक कैयौं कम्पनीका मालिक पनि हुन्। स्रोतअनुसार विवेकको कुल सम्पत्ति १५ मिलियन डलर यानेकी १ अर्ब १० करोडभन्दा बढी छ। विवेक समाजसेवा पनि गर्दछन्। सुनामी पी’डित, क्यान्सरपी’डित, मा-नसिक सन्तुलन गु’माएका थुप्रैलाई सहयोग गर्नुका साथै विवेक जनावरको निम्ति काम गर्ने संस्थासँग पनि जोडिएका छन्।

विवेकले बलिउडमा सफलता हाँसिल गर्न नसके पनि समाजसेवामा उनी निकै रमाइरहेका छन्।

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया